आज मिथुन र कन्या राशीको दिन राम्रो, तपाईंको कस्तो ?

0 Shares

आज मिति २०८० साल माघ २९ गते सोमबार । तदनुसार फ्रेबुअरी १२ तारिख २०२४ । माघ शुक्ल पक्ष तृतिया तिथि । आज बिहान ६ बजेर ४३ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ५२ मिनेटमा अस्ताउने छ ।

मेष

नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला । नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै कामको अवरोध हट्न सक्छ ।

वृष

व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्च बढ्न सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला ।

मिथुन

परिस्थितिसँग केही सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ । सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया पनि अघि बढ्ने छ ।

कर्कट

बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नु पर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहने छ । हल्लाको पछि लाग्दा दुस्ख पाइने छ । मिहिनेत गर्दा बिस्तारै उपलब्धि प्राप्त हुनेछ ।

सिंह

साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । दिगो योजना थाल्न केही समय प्रतीक्षा गर्नु होला ।

कन्या

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । विगतका कर्मको उचित प्रतिफल पाइने छ । सहयोगीहरू जुट्ने छन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्ने छन् ।

तुला

विवेकले काम लिने प्रयत्न गर्नु होला । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइने छ । मिहिनेत गर्दा बिस्तारै काम बन्ने छ । विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउने छ ।

वृश्चिक

आकर्षक उपहारले उत्साह जगाउने छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउने छ । मिहिनेतले आत्मविश्वास बढाउने समय छ ।

धनु

छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्ने छ । आफन्तजनबाट भने टाढिनु पर्ला । पतिपत्नीबीच घर सल्लाह नमिल्न सक्छ ।

मकर

व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । आम्दानी बढ्ने छ भने परिवारजनका आवश्यकता पूरा हुने छन् । पहिलेको सफलताले हौसला जगाउने छ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

कुम्भ

लगनशीलताले कीर्तिमानी दिलाउने छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्ने छ । काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनु होला ।

मीन

जीवनशैली व्यस्त रहने छ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । तर, नयाँ काम गर्न समय पर्खनु होला ।

सम्बन्धित समाचार