कांग्रेसको आधिकारिकता लडाइँः सर्वोच्चले दिएन अन्तरिम आदेश

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

अन्तरिम आदेश दिनेरनदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम कांग्रेस देशभरका १६५ क्षेत्रमा उम्मेदवार टुंग्याएर चुनावमा होमिएको छ ।

सम्बन्धित समाचार