जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

0 Shares

काठमाडौं । मौलाकालिकामा जिप र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो ४ बजे पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका-२ मौलाकालिकास्थित पूर्व-पश्चिम राजमार्ग सडकमा बा.प्र. ०१-००३ च १४०७ नम्बरको पिकअप भ्यान र ना ९ प ८२१५ नम्बरको स्कुटर ठोक्किएको थियो।

दुर्घटनामा स्कुटर चालक गैडाकोट-२ का ३१ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भइ उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएकोमा थापाको ४:५८ बजे मृत्यु भएको हो।

जिप चालक मध्यबिन्दु नगरपालिका-१० का १९ वर्षीय आयुष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार