निष्कर्षबिना बैठक सकिएपछि देउवा भेट्न पुगे नेताहरू

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।

पहिलो चरणको वार्ता बिना निष्कर्ष सकिएपछि संस्थापन पक्षका नेताहरु देउवा भेट्न महाराजगञ्ज पुगेका हुन् । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए ।

देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी थिए ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएका छैनन् । पार्टीभित्र सहमति खोज्न बिहानदेखि छलफल भएको थियो ।

सम्बन्धित समाचार