भृकुटीमण्डपमा निर्वाचन तालिका तयार, साढे १ देखि उम्मेदवारी दर्ता

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका तयार भएको छ । अहिले निर्वाचन कार्यतालिका तयार पारेर मतदाता नामावली सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको समितिका एक सदस्यले बताए ।

उनका अनुसार मृतक र पार्टी छाडेबाहेकका सबै महाधिवेशन प्रतिनिधिको नाम मतदाता नामावलीमा समेटेर सार्वजनिक गरिनेछ । निर्वाचन तालिकामा साढे १ देखि साढे ३ सम्म उम्मेदवारी दर्ता, बेलुका ८:५५ मा मतदानको समय राखिएको छ ।

तर, बन्दसत्रमा समूहगत छलफल जारी नै रहेकाले बन्दसत्रको सेड्युलसँग मिलाएर कार्यतालिका तयार पारिएको ती सदस्यले बताए ।

विशेष महाधिवेशनले खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गर्दै डेमोक्रेटिक लयर्स एसोसियसन ९डिएलए०का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा नयाँ समिति बनाइसकेको छ ।

सम्बन्धित समाचार