0
Shares
काठमाडौँ । नेत्रबहादुर चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’सहसंयोजक माधवकुमार नेपाल, वर्षमान पुन लगायत नेताहरुले सन्तोषलाई मंगलबार पार्टी प्रवेश गराएका हुन् ।
सन्तोष झक्कुप्रसाद सुवेदीका छोरा हुन् । तत्कालीन नेकपा माओवादी केन्द्र विभाजित हुँदा सन्तोष विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका थिए । आगामी फागुन २१ गतेको निर्वाचन हुने भएपछि सन्तोष नेकपा प्रवेश गरेका हुन् । हाल सन्तोष पार्टी केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्ज दुबै हुन् ।