0
Shares
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठक अस्वीकार गरेका छन् ।
आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठकमा सहभागी नहुने निर्णय गरेका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।