0
Shares
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमार खड्काले गर्ने भएका छन् ।
भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्ष प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समितिले जनाएको छ ।
बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्ने छन् । यस सत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।
प्रतिनिधिहरुको माग बमोजिम महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो ।