देउवा भृकुटीमण्डप नजाने, हल्ला चलाएको भन्दै असन्तुष्ट

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवशेनमा सहभागी नहुने भएका छन् । भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले जनाएको छ ।

केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले कुनै सत्यता नभएको बताएका हुन् ।

भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्य तालिका नरहेको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव देउवाले सामाजिक सञ्जालमा आएका आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न आग्रह गरे । गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार