कांग्रेसको विशेष महाधिवेशनमा ४ सयभन्दा बढी प्रतिनिधिको नाम दर्ता

0 Shares

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। विशेष महाधिवेशन आयोजकबाट नेपालखबरलाई प्राप्त सूचीअनुसार बिहान ११ बजेसम्म ४०८ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका हुन्।

सातै प्रदेशका छुट्टाछुट्टै स्टल राखेर बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइरहेको छ। नाम दर्ता शुल्क १ हजार राखिएको छ। नाम दर्तापछि प्रतिनिधिले झोला र कार्ड पाउनेछन्। देशभरमा गरेर कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्।

विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी आयोजक पक्षले गरेको छ।

यस्तो छ अहिलेसम्मको दर्ता सूची

कोसी ८३

मधेस ८२

बागमती ६२

गण्डकी ८०

लुम्बिनी १२२

सुदूरपश्चिम ३०

भ्रातृ शुभेच्छुकरजनसम्पर्क २९

 

सम्बन्धित समाचार