एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै

0 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरमा सुरु भएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो ।

बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय/व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौंमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार