कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा गएनन् गगन र विश्व

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकमा अनुपस्थित भएका छन् ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्रीहरू अनुपस्थित भएका हुन् । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरु साथै सबै प्रदेशका सभापतिलाई उपस्थित हुन आग्रह गरिएको थियो ।

जेनजी आन्दोनलपछिको राजनैतिक परिस्थितिलाई ध्यानमा राख्दै महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएका छन् । महामन्त्रीद्वयले आह्वान गरिएको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ ।

सम्बन्धित समाचार