कांग्रेस विशेष महाधिवेशनको तयारीबीच आकस्मिक बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आकस्मिक बोलाएको छ । आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित समाचार