कांग्रेस कार्यवाहक सभापतिले बोलाएको पत्रकार सम्मेलन रोकियो

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

कांग्रेस नेता तथा कार्यकर्ता विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त हुँदा कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न लागेका थिए ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भनिए पनि स्थगित गरिएको पार्टी कार्यालयका सचिवले जानकारी दिएका हुन् ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशन रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार