0
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । सोमबारदेखि सुरू भएको कार्य सम्पादन समिति बैठक राष्ट्रियसभा निर्वाचनमा केन्द्रित छ ।
मंगलबार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरी टुंगिएको थियो ।
कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आआफ्नो धारणा राखेका थिए ।
सरकारले आगामी माघ ११ मा राष्ट्रियसभा निर्वाचन गर्ने तयारी गरेको छ ।