0
Shares
काठमाडौं । नेकपा एमाले भोजपुरले फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि सचिव शेरधन राईको एकल नाम सिफारिस गरेको छ ।
आज बसेको जिल्ला कमिटी बैठकले राईको नाम एकलरूपमा सर्वसम्मत सिफारिस गरेको सचिव एक्सन राईले नेपाल प्रेसलाई बताए । पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा शेरधन राईको एकल सिफारिसबारे निर्णय लिइएको उनको भनाइ छ ।
२०५६ को संसदीय चुनावमा २८ वर्षकै उमेरमा सबैभन्दा कान्छो सांसदको रूपमा सदनमा इन्ट्री गरेका राईले भोजपुरबाट ३ पटक चुनाव जितिसकेका छन् ।
२०६४ को संविधानसभा निर्वाचनमा उनी साबिकको भोजपुर(२ बाट माओवादीका सुदन किरातीसँग पराजित भए । ७० को दोस्रो संविधानसभा चुनावमा उनै सुदनलाई हराए ।