श्रीलंकामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु

0 Shares

काठमाडौं। श्रीलंकाको उत्तरपश्चिमी प्रान्तमा अवैध रुपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मदिरा पिएलगत्तै तीन जनाको मृत्यु भएको थियो। अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ।

श्रीलंकालीले प्रयोग गर्ने मदिरामध्ये करिब ४० प्रतिशत अवैध मदिरा रहेको र यसको विषाक्तताका कारण गम्भीर स्वास्थ्य जोखिम आउने गरेको आधिकारिक तथ्यांकले देखाएको छ।

श्रीलंकामा मदिरामा मुख्य रुपमा मेथनोल वा पाराक्वाटको प्रदूषणका कारण अवैध मदिरासँग सम्बन्धित सामूहिक विषाक्तता र मृत्युका धेरै घटनाहरू रेकर्ड गर्ने गरेको जनाइएको छ।

सम्बन्धित समाचार