सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार