बालेन, हर्क र रेनु मेयरबाट राजीनामा दिएर चुनाव लड्ने तयारी

0 Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले राजीनामा दिएर छोड्ने तयारी गरेका छन् । काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साह, चितवनको भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र धरान उपमहानगरपालिका मेयर हर्कराज राई (साम्पाङ)ले राजीनामा दिने तयारी गरेका हुन् ।

काठमाडौँका मेयर बोलनले पदबाट राजीनामा दिएर काठमाडौं १ वा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र मेयर शाहबिच शनिबार राती सात बुँदे सम्झौता भएपछि चुनाव लड्ने निश्चित भएको हो । बालेन रास्वपाबाट प्रतिनिधि सभामा चुनाव लड्ने भएपछि मेयरबाट राजीनामा दिएर कार्यबहाकको जिम्मेवारी उपमेयर सुनिता डंगोललाई दिने तयारी गरेको वडा अध्यक्षहरु बताउँछन् ।

यस्तै भरतपुर मेयर दाहाल चितवन ३ बाट चुनाव लड्ने गरी नेपाली कम्युनिस्ट पार्टीको जिल्ला कमिटीले सिफारिस गरेको छ । मेयरबाट राजीनामा दिएर दाहाल प्रतिनिधि सभा चुनाव लड्ने तयारी गरेकी हुन् । २०७४ सालको निर्वाचनमा नेकपा संयोजक प्रचण्ड निर्वाचित भएकै चितवन ३ बाटै दाहाल चुनाव लड्ने तयारी गरेकी हु्न् । मेयर दाहालले राजीनामा दिएपछि उपमेयर चित्रसेन अधिकारीले जिम्मेवारी सम्हाल्ने भएका छन् । तर, मेयर दाहालले चुनावी प्रचार भित्रभित्रै गरे पनि राजीनामा भने दिएकी छैनन् ।

यस्तै धरानका मेयर हर्कले आगामी चुनावमा लड्न श्रम संस्कृतिक पार्टी दर्ता गरेर चुनावी तयारी थालेका छन् । पार्टी नै गठन गरेर हर्कले देश दौडामा निस्किएका छन् । हर्कले मेयरबाट राजीनामा दिएपछि उपमेयर इन्द्रविक्रम विघाले जिम्मेवारी सम्हाल्ने भएका छन् । हर्कले सुनसरीकै कुनै एक क्षेत्रबाट चुनाव लड्न सक्ने धेरैले आकलन गरेका छन् ।

यस्तै अरु उपमहानगर, नगरपालिका र स्थानीयतहबाट राजीनामा दिएर आगामी प्रतिनिधि सभामा चुनाव लड्ने तयारी गरे पनि निष्कर्षमा पुगेका समाचार बाहिर आएका छैनन् ।

सम्बन्धित समाचार