एमालेले समानुपातिक उम्मेदवार छनोट गर्न बैठक बोलायो

0 Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिक उम्मेदवार छनोटलगायत विषयमा निर्णय गर्न सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरिएको एक नेताले बताए । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका तर्फबाट समानुमापतिक उम्मेदवारको टुंगो लगाउने ती पदाधिकारीले बताए। राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची सोमबारभित्र निर्वाचन आयोगमा बुझाइ सक्नुपर्नेछ। बैठक अघि अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल बसेर सूचि तयारीका विषयमा पटक पटक छलफल गरेका थिए । अध्यक्ष र महासचिवको परामर्शपछि बैठक बोलाएको हो ।

यसैगरी एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा पनि छलफल हुने बताइएको छ।

 

सम्बन्धित समाचार