दीपशिखा भक्तपुरबाट सिफारिस

0 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य एवम् वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाम सिफारिस गरेको छ। यहाँबाट उनीसँगै श्यामकुमार बस्नेतको पनि नाम सिफारिस भएको छ। उनी तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा जनमुक्ति सेनाको भूमिकामा थिए ।

भक्तपुर २ बाट ०७९ को निर्वाचनमा एमालेका महेश बस्नेतलाई पराजित गर्दै कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए।

समानुपातिकतर्फ दिलीपकुमार प्रजापति, त्रोत्रकुमारी अधिकारी, भवानी खड्का, रिता अवाल, अञ्जना पोखरेल, माइला बाबु द्योला, प्रेम कुमार लामा र जयकृष्ण दुवालको नाम सिफारिस गरेको छ।

सम्बन्धित समाचार