0
Shares
काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस भएको छ ।
उक्त क्षेत्रबाट प्रचण्डसहित पार्टीका नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल र पानीराजको नाम पनि प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएको छ ।
त्यस्तै, समावेशी प्रतिनिधित्वअन्तर्गत महिलाको कोटाबाट अनिता कुमारी राईको नाम सिफारिस गरिएको छ । ‘जेनजी’ प्रतिनिधित्वका लागि सुमन राना मगरको नाम जोडिएको छ ।
यसैगरी, सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारका लागि निवर्तमान सांसद राजन दाहालसँगै जानुका तिमल्सिना, चित्रबहादुर लुङ्गेली, डिकेन्द्र सुवेदी र विजय खड्काको नाम सिफारिस गरिएको छ ।