प्रचण्ड गोरखा १ बाट सिफारिस

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’को नाम गोरखा क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ । पार्टीको जिल्ला कमिटीले प्रचण्डको नाम गोरखा १ बाट आगामी फागुन २१ गतेको निर्वाचनका लागि नाम सिफारिस गरेको हो ।

प्रचण्ड २०७९ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका थिए । प्रचण्डले २६ हजार १०३ मत पाएर निर्वाचित भएका थिए । २०६४ सालको पहिलो निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौँ दुबै क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रो संविधान सभा निर्वाचन २०७० सालको निर्वाचनमा काठमाडौँबाट पराजित भए पनि सिहराबाट निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा चितवनबाटै प्रचण्ड निर्वाचित भएका थिए ।

आगामी फागुन २१ गतेको निर्वाचनमा प्रचण्ड गोरखा २ बाट सिफारिस नभएर १ बाट नाम किन रिफारिस भयो भनेर प्रश्न गरेका छन् । प्रचण्ड आगामी निर्वाचनमा रुकुमपूर्व वा सिन्धुलीबाट निर्वाचन लड्न सक्ने नेताहरुले बताएका छन् ।

भरतपुर महानगर मेयर रेनु दाहाल चितवन १ बाट चुनाव लड्ने तयारी गरेकी छन् । प्रचण्ड पुत्री रेनु भरतपुर मेयर दुई कार्यकाल मेयर भई सकेकाले तेस्रो पटक मेयर हुन नपाउने प्रावधान छ । आगामी निर्वाचनमा प्रतिनिधि सभाका लागि चितवन १ बाट लड्ने गरी तयारी थालेकी छन् । प्रचण्डले चितवन सुरक्षित नदेखेपछि चुनाव जित्ने अन्य जिल्ला रोच्न सक्ने बताएको छ ।

सम्बन्धित समाचार