0
Shares
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुगेका थिए ।
हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू गरेका छ्न् । संसद पुनस्र्थापना गर्न कांग्रेस र एमालेका १४८ सांसदको हस्ताक्षर सर्वोच्च अदालत आज बुझाउने तयारी गरिएको थियो । संविधान बाहिरबाट सुशीला कार्की नेतृत्वको सरकार गठन भएको भन्दै दु्ई पार्टी संसद पुनस्र्थापना गर्न सर्वोच्च पुगेका हुन् ।
सर्वोच्चले संसद पुनस्र्थापनाको संकेत देखाएपछि एमाले कांग्रेस एक ठाउँमा आएका छन् ।