सेयरबजार झन् झन् सुस्तायो, सोमबार १३.८८ अंकले नेप्से घटेर २५८१.२१ विन्दुमा

0 Shares

काठमाडौं ।  सेयरबजार झन् झन् सुस्ताएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १३.८८ अंकले नेप्से घटेर २५८१.२१ विन्दुमा पुगेको हो।

बजार घटेको दिन ५४ वटा सेयरको मूल्य बढे पनि २ सय वटाको घटेको छ। त्यस्तै पाँचवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

सोमबार ९१ लाख कित्ता सेयर लगानीकर्ताले बिक्री गरेका थिए। सो बिक्रीपछि कुल ३ अर्ब ५१ करोडको कारोबार भएको हो। यस दिन बढेकामध्ये एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले अधिकतम ६.०१ प्रतिशतसम्म मात्रै प्रतिसेयर आम्दानी गरेका छन्।

घटेकामध्ये मानुषी र लक्ष्मी लघुवित्तका सेयरधनीले क्रमशः ६.८४ प्रतिशत र ५.५८ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। बाँकी सेयरधनीले अधिकतम साढे ५ प्रतिशतसम्म नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।

आज लुम्बिनी विकास बैंकको सर्वाधिक १० करोडको खरिदबिक्री भए पनि बाँकी कम्पनीको त्यति पनि हुनसकेको छैन।

सम्बन्धित समाचार