मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट मिति तय हुने

0 Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न प्रधानमन्त्री वालेन्द्र शाहले दिएको निमन्त्रणालाई स्वीकार गरेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए। शाहको निमन्त्रणालाई मोदीले स्वीकार गरेको जनाइएको छ।

उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

भारत भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई न्यानो आतिथ्य प्रदान गरेको भन्दै प्रधानमन्त्री शाहले मोदीप्रति आभारसमेत व्यक्त गरेका छन्।

सम्बन्धित समाचार