क्यानडाविरुद्ध कप्तान रोहितसँगै तीन खेलाडीले बनाए अर्धशतक

0 Shares

काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा देव खनालले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले टोलीका लागि अर्धशतक पूरा गरेका हुन् ।

यू–१९ टोलीका कप्तानसमेत रहेका खनालले ५६ बल खेल्दै अर्धशतक बनाएका हुन् । यस क्रममा उनले चार चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोहित पौडेलले पनि अर्धशतक पूरा गरेका छन् । उनले ६८ बल खेल्दै अर्धशतक बनाएका हुन् । उनले चार चौका र तीन छक्का प्रहार गरे ।

यसअघि डेब्यु खेलमा ओपनर अनिल शाहले १९ बल खेल्दै अर्धशतक पूरा गरेका थिए । उनले तीन छक्का र सात चौका प्रहार गरे ।

सम्बन्धित समाचार