झाँक्रीलाई सुदेशको काउन्टर–खाई पिइ गरेर ढुस्स ढाडिएर गनाएको सत्यदेवीको शरीर

0 Shares

काठमाडौंँ । नेकपा एमालेको भर्खरै केन्द्रीय सदस्यमा निर्वाचित रामकुमारी झाँक्रीलाई नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीले एमाले अध्यक्ष केपी ओलीको खरानीको टिका लगाएर बसेको मनुवाले नेकपाका वक्ता को हुने, कसले बोल्ने भन्ने नसक्ने बताएका छन् । जुनसुकै पार्टीमा पनि को वक्ता हुने भन्ने विषयको छनोट सम्बन्धित पार्टीको हुने भएकाले राम्रोसँग बुझ्न झाँक्रीलाई आग्रह गरेका हुन् ।

झाँक्रीले आइतबार सामाजिक सञ्जालमा जेनजी समूहका तर्फबाट मनिसा अधिकारी नाम वक्ताको रूपमा राखिए पनि आफूसँग फोटो खिचेर बधाई दिएकाले एकाएक हटाएको आरोप लगाएकी थिइन । झाँक्रीलाई काउन्टर अट्याक गर्दै नेकपा नेता पराजुलीले सामाजिक सञ्जालबाटै नेकपा सहसंयोजक माधवकुमार नेपालको नाममा खाई पिइ गरेर ढुस्स ढाडिएर गन्हाएको सत्यदेवीको शरीर जस्तो सामाजिक छवि बोकेर सिनो ग्याङ्गसँम आत्मसमर्पण गर्नेले वक्ताको चिन्ता नगर्न चुनौती दिएका छन् । नेकपाले शनिवार राखेको अन्तिम सन्देश सभामा जेनजीका तर्फबाट बाँनेश्वर क्याम्पसका सभापति युवा नेता भुमीश्वर अधिकारीलाई बोल्ने अवसर दिएको थियो । उक्त विषयलाई टिप्पणी गर्दै सामाजिक सञ्जालमा झाँक्रीले लेखेपछि पराजुलीले कडा रूपमा टिप्पणी गरेका हुन् ।

नेकपा नेता पराजुलीले हिम्मत भए सिनो ग्याङले गरेको कार्यक्रममा अधिकारीलाई लगेर वक्ता बनाउन चुनौती गरेका छन् । तर, झाँक्रीसँग हिम्मत के हुनु आत्मसमर्पण गर्नेसँग भन्दै पराजुलीले ब्याङ्गे गरेका छन् । ‘मर्जर भएको नयाँ पार्टीको आजको कार्यक्रममा जेन्जी उमेर समूहको वक्ता निर्णय गरिएको थियो विद्यार्थी नेता मनिशा अधिकारी’ झाँक्रीले लेखेकी छन्, ‘तर एकाएक वक्ताबाट नाम काटिएछ । कारणः मसंगको फोटो पोस्ट, बधाई दिएको र तल मैले कमेन्ट गरेकै आधार। मेरा साथीहरू जो जहाँ रहे पनि, भए पनि मलाई माया गर्नु नै भएको छ। मेरो/हाम्रा लागि मित्रता सबै भन्दा माथि छ ।’

झाँक्रीले नेकपालाई वृद्ध नेताहरूको पार्टीको रूपमा सङ्केत गर्दै बन्चरेडाडा डम्पिङसाईट यसै गरी खाली गर्ने सद्बुद्धि आईरहोस भन्दै टिप्पणी गरेकी छन्, ‘सबै क्रान्तिकारी साथीहरूलाई हाम्रो पार्टी नेकपा ९एमाले०मा अध्यक्ष कमरेड केपी शर्मा ओलीले स्वागत गर्नु भएको छ । र, सबै तहको कमिटीलाई घर फर्क अभियान प्रभावकारी बनाउन निर्देशन समेत जारी गरिएको छ’ उनले लेखेकी छन् ।

यस्तै नेकपा नेता पराजुलीले ओलिको खरानीको टिका लगाएर बसेको एक मनुवाले हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको वक्ता को हुने , कसले बोल्ने ,के बोल्ने , कसरी वक्ता छनौट गर्ने त्यो हाम्रो पार्टीको निर्णय हो भन्ने कुरा राम्रोसँग बुझ्नु आग्रह गरेका छन् । ‘सडेगलेको सिनोसङ मिसिएर चियो चर्चो खुब । कमरेड माधव नेपालको नाममा खाई पिई गरेर ढुस्स ढाडिएर गन्हाएको सत्यदेवीको शरीर जस्तो आफ्नो सामाजिक छवि बोकेर सिनो ग्याङसँग आत्मसमर्पण गर्नेले वक्ताको चिन्ता गर्ने ?’

पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिम्मत भए सिनो ग्याङले गरेको कार्यक्रममा लगेर वक्ता बनाउनु नि । साँच्चि हिम्मत त के हुनु र आत्मसमर्पण गरेको मान्छेसँग ।’ कुनै बेला झाँक्री र पुराजुली एकीकृत समाजवादीमा एउटै पार्टीमा थिए ।

सम्बन्धित समाचार