पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाई

0 Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छन्।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छन्।

‘यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ,’ पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, ‘निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।’

सम्बन्धित समाचार