एमाले नेतृत्व चयनको मतदान किन ढिलाई हुँदैछ ?

0 Shares

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन ।

‘नाम तलमाथि परेको भएर मिलाउनु प¥यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ ग¥यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिक लक्ष्मण रिमालले भने ।

आज बेलुकादेखि मतदान सुरु भए मतगणना बुधबार विहान मात्रै हुने नेताहरुले बताएका छन् ।

 

सम्बन्धित समाचार