ओली गुटका आनन्द पोखरेल र अग्नि खरेल ईश्वर गुटमा

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरैपटक कानूनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल प्यानलमा पुगेका छन् ।

ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको छ । स्थायी कमिटी सदस्य रहेका खरेल सचिवका दाबेदार थिए ।

यस्तै, नेकपा एमालेको ११ औं महाधिवेशनमा स्वतन्त्र ढंगले उपमहासचिव पदमा उम्मेदारी दिएका पूर्व मन्त्री आनन्द पोखरेल ईश्वर पोखरेल प्यानलमा समेटिएका छन् । पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरीले मात्र उम्मेदवारी दिएका थिए ।

आनन्द र बैजनाथ यसअघि अध्यक्ष केपी शर्मा ओलीकै टिममा थिए । तर पछिल्लो समय विद्या भण्डारीको सदस्यताको पक्षमा उभिएबापत केही नेताले उनीहरुलाई पदाधिकारीमा ल्याउन अवरोध गरेपछि बगावत गरेका हुन् ।

सम्बन्धित समाचार