ओलीको प्यानलमा नपरेपछि रुँदै हिँडेका प्रदीप ज्ञवालीले मागे ओलीलाई जिताउन मत

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट महासचिव नपाएर रुँदै हिँडेका प्रदीप ज्ञवालीले ओलीलाई अध्यक्षमा जिताउन मत मागेका छन् ।

सोमबार उम्मेदवारी दर्तामा आफूलाई महासचिव नदिएको भन्दै नेता ज्ञवालीले पदाधिकारीमा नबस्ने घोषणासमेत गरेका थिए । महाधिवेशन स्थलबाट रुँदै हिँडेका उनले मंगलबार हुने मतदानमा ओलीलाई तेस्रो पटक अध्यक्षमा जिताउन मत मागेका हुन् ।

‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदै छ, एमालेको आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाई गर्नु भएको सिंगो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।

यसबीच उनले आफू हरपल ओली पक्षको साथमा हुने विश्वास दिलाउने प्रयास गरेका छन् । उनले यस पटक पार्टीको केन्द्रीय कमिटीको सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार