एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै, ओली र पोखरेलमा कस्ले मार्ला बाजी?

0 Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा आज नेतृत्व चयन हुने भएको छ । यसका लागि केपी शर्मा अ‍ोली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ ।

नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता भइसकेको छ । जसका लागि अध्यक्षमा ओली र पोखरेल भिड्ने भएको छ । दुई पक्षबीच पूरा प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन आयोगले जारी गरेको कार्य तालिकाअनुसार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय तोकिएको छ । यसअघि ओली दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका छन् । पोखरेल वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

सम्बन्धित समाचार