बझाङ उपनिर्वाचन- अग्रता बढाउँदै कांग्रेस उम्मेदवार सिंह

0 Shares

काठमाडौं । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६२६ मत प्राप्त गरेका छन् । एमालेका दमनबहादुर भण्डारीले आठ हजार ३९६ पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार १५३ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार २८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा-९ र मस्टा गाउँपालिका-१ र २ को मत गणना सम्पन्न भएको छ ।

सम्बन्धित समाचार