0
Shares
काठमाडौँ । कुनै बेला केपी शर्मा ओलीलाई ुफुटबलको पेलेु भन्ने एमाले नेता कृष्णगोपाल श्रेष्ठ पछिल्लो समय भने ईश्वर पोखरेल समूहमा खुलेका छन् । १०औं महाधिवेशनबाट एमाले स्थायी कमिटी सदस्यमा चुनिएका उनी ११औं महाधिवेशनमा भने पोखरेल समूहबाट सचिवमा उम्मेदवार नै बन्ने भएका छन् ।
उनै श्रेष्ठ कुनै बेला भने केपी ओलीको प्रशंसामा लामो समय खर्चन्थे । २०७८ सालमा शिक्षामन्त्री हुँदा श्रेष्ठले ओली शक्तिशाली रहेको भन्दै फुटबलका महान खेलाडी पेलेसँग तुलना गरेका थिए ।