एमाले महासचिवमा पोखरेल र पाण्डेको भिडन्त 

0 Shares
काठमाडौँ ।  नेकपा एमालेको भावी महासचिवको रूपमा शंकर पोखरेल र डा.सुरेन्द्रप्रसाद पाण्डे लड्ने पक्का भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली प्यानलबाट पोखरेल र अर्का अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको प्यानलबाट पाण्डे भिड्ने भएका हुन् ।
एमालेको यसअघि पाण्डे उपाध्यक्षको जिम्मेवारीमा दिए भने पोखरेल महासचिव नै भए पनि पुनः महासचिवमा प्रतिस्पर्धा गर्न लागेका छन् । एमालेको ११ औँ महाधिवेशनमा भावी महासचिव को हुन्छ भन्ने विषयमा महात्वका साथ हेरिएको छ । महासधिवेसनमा ओली प्यानलका धेरै प्रतिनिधि जिल्लाबाट आएकाले पोखरेललाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
पार्टी छोडेका माधवकुमार नेपाललाई छोडेर दश बुँदे सम्झौता गरेर एमालेमा जोडिएका  नेता पाण्डे हुन् । उनी पार्टीका योग्य र सक्षम नेताको रूपमा पहिचान बनाए पनि ओली विरोधी खेमाबाट उम्मेदवारी दिएकाले निर्वाचित हुन कठिन हुने नेताहरू बताउँछन् । पोखरेल महासचिव हुँदा संगठन त्यति चलायमान नभएको एक पटक महासचिव भई सकेकाले अर्को व्यक्ति छनोट गर्नु पर्दा पाण्डे पर्न सक्ने कतिपयको भनाई छ ।
ओली पक्षका नेताहरूले प्यानलमा दायाँबायाँ नगर्न ह्विप नै जारी गरेकाले पाण्डेलाई महासचिव जित्न कठिन हुने विश्लेषण हुन थालेको छ ।
पोखरेल भन्दा पाण्डेको राजनीतिक इतिहास बलियो 
पोखरेल जनताको बहुदलीय जनवाद(जबज)को व्याख्याता मात्रै नभएर आफूलाई सैद्धान्तिक र वैचारिक नेताको रूपमा उभ्याएका छन् । पाण्डेले पार्टीभित्र अध्ययनशील नेताको मात्रै नभएर अर्थ राजनीतिका विषयमा गहिरो अध्ययन गर्नेको नेताको रूपमा पहिचान बनाएका छन् । भर्खरै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका पाण्डेले पछिल्लो समय मार्क्सवादी दर्शनका बारेमा प्रवचन समेत दिँदै आएका छन् ।
पोखरेल विद्यार्थी राजनीतिबाट उदाएर पार्टीका तत्कालीन महासचिव मदन भण्डारीसँग समेत त्यति बेला तुलना गरिन्थ्यो । २०५१ सालको निर्वाचनमा दाङबाट पोखरेल प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनले एमाले माओवादी गठबन्धन हुँदा दाङ २ बाट प्रदेश सभामा निर्वाचित भई पहिलो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । पोखरेल चुनाव जित्न त्यति नसक्ने वैचारिक भनिए पनि संगठन बनाउन नसक्ने नेताको रूपमा लिइन्छ ।
महासचिवका उम्मेदवार पाण्डे राजनीतिक आन्दोलनका क्रममा १० वर्ष भूमिगत भए, पटक–पटक बन्दी बनाइए । उनले केही समय शिक्षण पेसा अँगाले, तीन वर्ष नेपाल बैङ्कमा जागिर खाए । पञ्चायत विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दा २०४६ सालमा उनी नेकपा (माले)को कोसी अञ्चल कमिटी इन्चार्ज थिए ।
२०४९ देखि २०७५ सालसम्म उनी नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहे । २०५४ देखि २०६० सम्म राष्ट्रिय सभा सदस्य र पार्टीको सचेतक रहेको, २०६४ देखि २०६८ सम्म संविधानसभा सदस्य र दलको उपनेता भई काम गरेको अनुभव पाण्डेसँग छ ।पाण्डे सफल अर्थ मन्त्रीको रूपमा लिने गरिन्छ । २०७४ सालको निर्वाचनमा चितवन एक बाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार