ओली प्यानलका पदाधिकारी यी हुन्

0 Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेसनमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनाव लड्ने निश्चित भएको छ । ओली र पोखरेलले आफ्नो तर्फबाट प्यानलै बनाएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका गरेका हुन् ।
अध्यक्षका प्रत्यासी ओली सहित उपाध्यक्षमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ रहेका छन् । यस्तै महासचिवमा शंकर पोखरेल भिड्ने भएका छन् ।

उपमहासचिवमा भने विष्णुप्रसाद रिमाल, भानुभक्त ढकाल र रघुवीर महासेठ रहेका छन् । सचिव पदमा लेखराज भट्ट, छबिलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेत रहेका छन् ।

अरु प्रदेश अनुसार केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने गरी प्यानल खडा गरिएको छ ।

सम्बन्धित समाचार