0
Shares
काठमाडौं । नेकपा एमालेले केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले केन्द्रीय पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ बनाउने निर्णय गरेको हो ।
एमालेको विहान काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन, सचिव नौ गरी १९ पदाधिकारी बनाउने निर्णय गरेको पार्टी स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए । पार्टी केन्द्रीय कमिटी ३०१ ज्ना जसमा पोलिटब्यूरो ९९ सदस्य र पोलिटब्यूरोको एक तिहाई स्थायी समिति हुने उनले बताए ।
एमालेको एकअघि बसेको विधान महाधिवेसनले १५ पदाधिकारी बनाउने निर्णय गरेको थियो । केन्द्रीय कमिटी २५१ जना सदस्य बनाउने निर्णय गरेको थियो ।