एनपिएलले नेपाल शान्त र सुन्दर छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् ।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेका हुन् ।

उनले भनिन्, ‘यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ, सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।’

सम्बन्धित समाचार