काठमाडौंमा मोक्सी होटेल्सको आगमन, नेपाली संस्कृतिको केन्द्रमा नयाँ रङ थपिँदै

0 Shares

काठमाडौं । मेरियट बोनवोयअन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले मोक्सी काठमाडौंको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ ।

परम्परासँगै आधुनिकतासँगै बाँच्ने काठमाडौंको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण यो मोक्सीका लागि उपयुक्त थलो बनेको छ ।

नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ र साहसिक अध्यायको सुरुवात गरेको मोक्सी काठमाडौं राजधानीको सबैभन्दा चलायमान व्यवसायिक र मनोरञ्जनको थलो दरबारमार्गमा अवस्थित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटको दूरीमा भएकाले आधुनिक यात्रुहरूको लागि यो उत्कृष्ट प्रारम्भिक गन्तव्य बन्न पुगेको छ । यहाँ बस्ने अतिथिहरू युनेस्को सूचीमा समावेश दरबार स्क्वायर, आध्यात्मिक शान्तिको प्रतीकको रूपमा स्वयम्भूनाथ स्तुप (मंकी टेम्पल) र कला, संगीत, खाना तथा फेसनको अनौठो समिश्रणका लागि प्रसिद्ध ठमेलका चहलपहलयुक्त बजारमा सहजै पुग्न सक्छन् ।

मोक्सी काठमाडौंले अतिथिलाई आर्ट ग्यालरीदेखि इन्डी क्याफे र रूफटप लाउञ्जदेखि लाइभ म्युजिक भेन्युसम्म, शहरको विकसित हुँदै गएको आधुनिक परिवेशसँग अझ नजिक ल्याउँछ ।

शताब्दीऔँ पुराना मन्दिरको भ्रमण होस्, नजिकैका ट्रेलहरूमा हाइकिङ होस्, वा काठमाडौंको चलायमान नाइटलाइफमा डुबुल्की मार्न होस्, शहरलाई जिज्ञासा र स्टाइलका साथ अनुभव गर्न चाहनेका लागि यो होटल उपयुक्त आधार विन्दु बन्न पुगेको छ ।

मोक्सी ब्रान्डको पहिचानअनुसार होटलले स्थानीय डिजाइन, लचिलो सामाजिक स्थलर सम्बन्धहरू निर्माण गर्न सघाउने वातावरणको संयोजनद्वारा परम्परागत बसाइँलाई नयाँ रूप दिन्छ ।

शहरको उत्साही र गतिशील भावनासँग पूर्ण रूपमा मेल खाने मोक्सी काठमाडौंले युवादेखि जवान मन भएका सबैलाई मौलिक र अनपेक्षित शैलीमा काठमाडौंलाई नियाल्न निमन्त्रणा गर्दछ ।

‘मोक्सीको साहसिक र रमाइलो भावना परम्परा र आधुनिकता एकसाथ धड्किने काठमाडौं जस्तो शहरका लागि एकदमै उपयुक्त छ, असामान्य तर संस्कृतिको जरासँग जोडिने अनुभवको माग बढ्दै गएको वर्तमान परिवेशमा, मोक्सी काठमाडौंले शहरको गतिसँग मेल खाने युवा जोश र उत्साह भित्र्याएको छ, नेपालमा यो लाइफस्टाइल ब्रान्ड पहिलोपटक ल्याउन पाउँदा हामी गौरवान्वित छौँ, यो नेपालमा पहिलो र दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो, हामी यो क्षेत्रमा हाम्रो पोर्टफोलियो विस्तार गर्दै स्टाइल, जोश र मौलिकता खोज्ने यात्रुहरूलाई आकर्षित गर्न चाहन्छौँ,’ किरण एण्डिकट, सिनियर भाइस प्रेसिडेन्ट, दक्षिण एशिया, मेरियट इन्टरनेशनले भने ।

अतिथिहरू ढोकाभित्र छिर्ना साथ मोक्सी बारमा पुग्छन् । योसँगै रमाइलो सुरु हुन्छ । यही बार होटलको अनौठो चेक–इन काउन्टर र गतिविधिको केन्द्र हो । जहाँ अतिथिलाई स्वागत स्वरूप हस्तनिर्मित ककटेल प्रदान गरिन्छ ।

नेपाली संस्कृतिबाट प्रेरित आधुनिक कलाकृतिले सजिएको खुला लबी संवाद र सिर्जनशीलतालाई प्रोत्साहन गर्न डिजाइन गरिएको छ । अतिथिले जोशिलो संगीतको मजा लिन वा सामूहिक स्थानमा बसेर अन्य यात्रुहरूसँग घुलमिल भई सम्झनलायक क्षणहरू बिताउन सक्छन् ।

अनपेक्षित रमाइलोले भरिएको बसाइँ तयार गर्ने प्लेफुल रिक्रिएसन जोनले जीवन्त र सामाजिक वातावरणमा एअर हक्की खेल्नवा पुरानो याद ताजा गर्ने बोर्ड गेम्स खेल्न अतिथिलाई लोभ्याउँछ । यसमा थप रंग भर्छमोक्सी हुकअपले, जहाँ अतिथिहरूलाई निःशुल्क सरप्राइज ड्रिंक, लोकल खानाका स्वादिष्ट परिकार, विशेष छुटर रमाइला गिफ्टहरू उपहार स्वरूप दिइन्छ ।

फ्लेक्सिबल स्थानहरू, मनमोहक डिजाइनर बलियो सामुदायिक भावनाको साथमा मोक्सी काठमाडौंले परम्परागत आतिथ्यलाई जीवन शैलीमुखी, पहिचानयुक्तर पूर्ण रूपमा ‘मोक्सी’ शैलीको नयाँ अनुभवले सिंगार्छ ।

होटलका १०१ वटा गेस्ट रूमहरू कोठाको स्थान अधिकतम रूपमा प्रयोग गर्न सकिने गरी बुद्धिमानी ढङ्गले डिजाइन गरिएका छन् । यसले अतिथिलाई आफ्नो आवश्यकताअनुसार कोठालाई अनुकूल बनाउन पनि मद्दत गर्छ । प्रत्येक कोठामा आराम र उपयोगिताबीच उत्तम सन्तुलन बनाउने स्मार्ट लेआउट छ ।

सम्बन्धित समाचार