केपी ओलीलाई पक्राउ गर्ने हल्ला फैलायोः महेश बस्नेत

0 Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्या भण्डारीदेखि एमाले नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नेबारे मिडिया ट्रायल गरेको बताएका छन् ।

नेता बस्नेतले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एकपछि अर्को षड्यन्त्र गरी एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्नुपर्ने हल्ला फैलाएको बताए ।

उनले भने, ‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो तपाईहरूले एउटा कुरा सोध्नै भुल्नुभयो? किन हाम्रो अध्यक्ष आयोगमा- बयान दिन जानुभएन? म भए जान्थेँ, उहाँ पनि जानैपर्छ ।’

यस्तै, दुई दिनअगाडि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग वार्ता गरीओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको दाबी गरे ।

यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओलीको भूमिकाबारे छानबिन समितिले बयान लिने तयारी गरेको समाचार सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार