एमालेको महाधिवेशनमा सहभागी हुन देउवालाई निम्तो

0 Shares

काठमाडौं । आगामी ११ औँ महाधिवेशनका लागि नेकपा एमालेले उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।

एमालेको प्रतिनिधि मण्डलले देउवा निवासमै पुगेर निम्तो दिएका हुन् । निम्तो दिनका लागि महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ पुगेका थिए ।

यस क्रममा देउवाले सकेसम्म आउने बताए । भेटघाटमा समसामयिक राजनीतिक विषय वस्तुबारे संक्षिप्त छलफल भएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार