सिद्धार्थ बैंक-चम्पादेवी हिलसाइड रिसोर्ट सम्झौता, ग्राहकलाई २० प्रतिशतसम्म छुट

0 Shares

काठमाडौं। सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रालिबीच ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ।

सम्झौतापछि दक्षिणकालीमा रहेको चम्पादेबी हिलसाइड रिसोर्टमा ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।

एसबीएलएनपीएल टिकट होल्डर्सका लागि चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबीएलएनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको बैंकले बताएको छ। एसबीएलएनपीएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रेरित गर्ने विश्वास बैंकको छ।

सम्बन्धित समाचार