चुनावमा जान रास्वपाले खुलायो उम्मेदवारी आवेदन, २५ हजार शुल्क लाग्ने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आवेदन खुलाएको छ । पार्टीले आन्तरिक उम्मेदवार छनोटका लागि योग्यता पुगेका इच्छुक सदस्यलाई आवेदन खुला गरिएको हो ।

रास्वपाले आवेदन प्रक्रिया पूर्ण रुपमा डिजिटल बनाउँदै पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सकिने जनाएको छ । यसका लागि आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको छ ।

आर्थिक अभाव भएका योग्य सदस्यका लागि छुटको व्यवस्था गरिएको छ । शुल्क मिनाहा गराउन चाहानेले विपन्नताको प्रमाण पत्रसहितका कागजात पेश गर्नुपर्ने छ ।

सम्बन्धित समाचार