0
Shares
काठमाडौं । हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
राति गण्डकी प्रदेशको हिमाली भागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भागमा पनि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।