कोहलपुरमा तेस्रो प्याब्सन रनिङ शिल्ड सुरु

0 Shares

बिजय परियार

बाँके । तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

कोहलपुर क्षेत्रको निजी शैक्षिक संस्थाहरूमा खेलकुद गतिविधिलाई बढावा दिएको छ। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले बालबालिकाको बौद्धिक विकासमा सकारात्मक विचार प्रवाह गर्नेमा जोड दिए। उनले बाँकेमा विश्वविद्यालय स्थापनाले शैक्षिक रूपान्तरणमा थप सहयोग पुगेको पनि बताए।

प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीका अनुसार यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने दाबी गरिएको छ। प्याब्सन कोहलपुरमा आबद्ध २८ वटा विद्यालयको सहभागिता रहेको यस प्रतियोगिताको पहिलो दिन एथलेटिक्सतर्फ छात्ररछात्रा गरी कुल ८० जना हिट्समा छनोट भएका छन्।

आज माध्यमिक तहको ४०० मिटर र १०० मिटर दौड, आधारभूत तहको ४०० मिटर तथा कक्षा २ र ३ को १०० मिटर दौडको हिट्स राउन्ड सफलतापूर्वक सम्पन्न भएको फिल्ड मार्सल दिनेश सिग्देलले जानकारी दिए।

सम्बन्धित समाचार