0
Shares
काठमाडौँ । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा आगामी शुक्रबारदेखि नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता हुने भएको छ । मङ्सिर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिताको उद्घाटन मङ्सिर १९ गते शुक्रबार बिहान ७ः३० बजे हुने छ ।
प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका प्रकाशन भईसकेको छ। उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ ।
उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ।