एमाले महाधिवेशनलाई हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत

0 Shares

हुम्ला । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत भएका छन् ।

पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन भए ।

जिल्लाबाट थप एक जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ ।

सम्बन्धित समाचार