0
Shares
चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।
उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउँदै समय कम भएको बताएका हुन् ।
कोइरालाले भने, ‘समय कम भयो, महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुंगो नभएको बताए ।
यद्यपि, सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने बताउँदै उनले महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ, शेखर दाइ हुनुहुन्छ, उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ, दुई जनामध्ये एक जना लड्छौँ ।’