राष्ट्र बैंकद्वारा ब्याजदर करिडोरको सीमा हेरफेर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको मौद्रिक नीतिको समीक्षाअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर भएको छ ।

करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशतमै कायम राखिएको छ ।

सम्बन्धित समाचार